क्यानाडा,दोहा कुद्दा कुद्दै काठमाण्डौबाट पक्राउ

क्यानाडा,दोहा कुद्दा कुद्दै काठमाण्डौबाट पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नुवाकोटका ४० वर्षीय अमित श्रेष्ठ समातिएका छन् । क्रिप्टोकरेन्सीमार्फत् करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई आज काठमाडौँको लाजिम्पाटबाट पक्रेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाका उपरीक्षक कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको छ । यसअघि प्रहरीको विशेष टोलीले अमितको पानीपोखरीस्थित निवासमा छापा मारेको थियो । उनी पहिले अमेरिकी दूतावास रहेको स्थानमा बनाइएको आलिशान महलमा बस्छन् ।

श्रीमती र परिवार क्याबाडामा रहेका उनी नियमित रुपमा काठमाडौंबाट दोहा र क्यानाडा आउजाउ गर्दै आएका थिए । तर धेरैजसो दोहामा बसेर उनले क्रिप्टोको कारोबार गरेको आंशका गरिएको छ ।

पछिल्लो पटक उनी मे १६ मा काठमाडौंबाट दोहा गएर केही दिन बसेको देखिन्छ । त्यसको दुई दिनअघि उनले गुगल ब्वाइ आदित्य खनालसँग फोटो खिचेका थिए । त्यसअघि अप्रिल २२ मा पनि उनी काठमाडौंबाट दोहा गएको देखिन्छ । त्योभन्दा एक महिनाअघि उनी मार्चमा क्यानाडा पुगेर श्रीमतीसँग १६औं वैवाहिक वार्षिकोत्सव मनाएका थिए ।

गत वर्ष उनी झापाकी एउटी महिलासङ्गको काण्डमा मुछिए । महिलालाई श्रीमती बनाउने र उनीबाट जन्मेको सन्तानकाे बाबु बन्ने शर्तमा बल्ल छुटेका हुन् ।

टिप्पणीहरू