सरिता तिवारीको पक्षमा सावित्री सुवेदी
लेखक सरिता तिवारीलाई न्यायको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिने भएको छ । आफूलाई महिला अधिकारकर्मी भनाउँदै आएकी सावित्री सुवेदीको आयोजनामा अपरान्ह ४ बजेदेखि प्रदर्शन गर्न लागिएको हो ।
यौन हिंसाका घटनामा पहिलो साक्षी र विश्वास स्वयम् पीडित भएको उल्लेख गर्दै उनले लेखक तिवारीको पक्षमा गोलबन्द हुन आग्रह गरेकी हुन् ।
लेखक तिवारीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् सात वर्षअघि आफूमाथि भएको यौन दुव्र्यवहारको घटनाबारे खुलासा गरेकी थिइन् ।
उनले २०७२ मा लेखक संगीत स्रोताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।
टिप्पणीहरू