नयाँ उपसभामुखको शपथ शीतल निवासमा, समय ४ बजे

नयाँ उपसभामुखको शपथ शीतल निवासमा, समय ४ बजे

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएको छ । आज अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजन हुने कार्यक्रममा पद तथा गोपनीयताको शपथग्रहण हुने भएको हो ।

भुसालले शुक्रबार सम्पन्न उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्नुभएको थियो । गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार भुसालले १ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।

टिप्पणीहरू