बालबालिकालाई आजदेखि दोस्रो खोप

बालबालिकालाई आजदेखि दोस्रो खोप

५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप दिन थालिएको छ । फाइजरको पहिलो खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिन थालिएको हो ।

यसअघि खोप केन्द्र रहेका विद्यालयबाटै दोस्रो मात्राको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जानुपर्ने छ । खोप आगामी आइतबारसम्म लगाइनेछ ।

टिप्पणीहरू