भारतमा नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया थालियो
भारतमा नयाँ राष्ट्रपति चयनको प्रक्रिया शुरु भएको छ । निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को तर्फबाट साझा उम्मेदवार द्रौपदी मुर्मु छिन् भने विपक्षी दलका तर्फबाट यशवन्त सिन्हा छन् ।
निर्वाचनमा संसद्को दुवै सदन, राज्य विधानसभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पण्डुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन् ।
द्रौपदी मुर्मु १५ औं राष्ट्रपतिमा निर्वाचित भएको अवस्थामा भारतमा दोस्रो महिला राष्ट्रपति र पहिलो आदिवासी समुदायकी राष्ट्रपति हुनेछिन् ।
निर्वाचनको नतिजा आगामी बिहीबार घोषणा गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू