साउनको पहिलो सोमबारमा अतिरुद्र महायज्ञ
राजधानीको पशुपतिनाथ मन्दिर परिसरस्थित रहेको भुवनेश्वरी मन्दिरमा अतिरुद्र महायज्ञ सुरु भएको छ ।
जगतगुरु श्रीरामनन्दाचार्य सेवा पिठ तथा महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठानले महायज्ञको आयोजना गरेको हो ।
जगतगुरु श्रीरामनन्दाचार्यले महायज्ञको औपचारिक सुरुवात गरेका हुन् । महायज्ञमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको छ ।
त्यसैगरी, श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई विशिष्ट अतिथि बनाइएको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, गण्डकी प्रदेशमन्त्री मणिभद्र शर्मा, महान्यायाधिवक्ता खम्बबहादुर खाती, मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल, विश्व हिन्दु महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीलगायत ३०० जनाले महायज्ञमा उपस्थिति जनाएका छन् ।
टिप्पणीहरू