विश्व पोखरेलको राजीनामा,अब एआइजी को ?
प्रहरी अतिरिक्त महानिरीक्षक विश्व पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । उनले दिउँसो प्रहरी प्रधान कार्यालय,नक्साल पुगेर राजीनामा दिएका हुन् ।
पोखरेलले दिउँसो १ बजे मानव स्रोत विकास विभागकी प्रमुख तथा एआइजी पूजा सिंहलाई राजीनामा बुझाएको बताइन्छ । ‘उहाँ आउनुभयो,राजीनामा बुझाउनुभयो । चढेर आएको सवारी साधनमा फर्कनुभयो,’ विभागका एक जना प्रहरी कर्मचारीले भने ।
प्रहरी मुख्यालयले पोखरेलको राजीनामा आजै गृह मन्त्रालय पठाउने तयारी गरेको छ । प्रहरीले कभरिङ लेटर सहित राजीनामा पत्रलाई मन्त्रालय पठाएपछि उतैबाट स्वीकृत भएको जानकारी गराउने कानुनी व्यवस्था छ ।
मन्त्रालयबाट पोखरेलको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि औपचारिक रुपमा एक सिट एआइजी खाली हुनेछ । अहिले नेपाल प्रहरीमा आठ एआइजी पद कायम छ । पोखरेलको राजीनामा स्वीकृत भएपछि एउटा एआइजी पद खाली हुनेछ ।
त्यही पदको निम्ति अब डिआइजी नलप्रसाद,मोहन आचार्य र आलम खान प्रतिस्पर्धी देखिएका छन् । उपाध्याय लुम्बिनी प्रदेश कार्यालय र खान मधेश प्रदेश कार्यालय प्रमुखको रुपमा कार्यरत छन् ।
तर,उपाध्याय आफ्नो कार्यालय मातहतका प्रत्येक युनिटसँग महिनावारी उठाउन व्यस्त भएको समाचार यसअघि नै बाहिरिइसकेको छ । उनले लुम्बिनी प्रदेशको नाका नाकाबाट पैसा उठाएको गुनासो प्रहरी हेडक्वार्टरसम्म पुगेको छ ।
टिप्पणीहरू