‘अर्थ मन्त्रालय पुगेको संघीय निजामती विधेयकको मस्यौदा चाहियो’
नेपाल निजामती कर्मचारी युनियनले अर्थ मन्त्रालय पुगेको संघीय निजामती सेवा ऐन संशोधनको निम्ति तयार पारिएको विधेयकको प्रस्तावित मस्यौदाको प्रमाणित प्रतिलिपि मागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेर अर्थ मन्त्रालय पठाएको भनिएको मस्यौदाको प्रतिलिपि माग गरिएको हो । युनियन अध्यक्ष गोपालप्रसाद पोखरेलले उक्त मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै आज निवेदन दिएका हुन् ।
‘नेपाल निजामती कर्मचारी युनियनलाई यस मन्त्रालयमा रहेको तपसिलमा उल्लिखित विवरण तथा सूचना अध्ययन प्रयोजनका लागि आवश्यक परेको जानकारी गराउन चाहन्छौँ’, निवेदनमा उल्लेख छ ।
नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार प्रतिलिपि उपलब्ध गराइदिन युनियनले आग्रह गरेको हो ।
अध्यादेशमार्फत ल्याउन लागिएको ऐन सीमित राजनीति र प्रशासनका अधिकारीले गुपचुपमा तयार पारेको भन्दै व्यापक चर्चा भइरहेको बेला युनियनले निवेदन दिएको हो ।
टिप्पणीहरू