विमलेन्द्रलाई रोक्न महन्थसँग बाक्लो वार्ता
कांग्रेसका नेताले कुनै कुरा उठाउँदा पार्टी लाइनविपरीत हुने तर त्यही कुरा मधेशवादी दलले उठाउँदाचाहिँ मधेशीका माग मानिने ! लोसपा कांग्रेस, एमाले कसले बढी सिट दिन्छ उसैसँग गठबन्धन गर्ने सुरमा छ, त्यहीँ जसपा नेतृत्वले जेठ २५ गते जनकपुरको सभामार्फत लोसपालाई सत्तारूढ गठबन्धनमा स्वागत गर्न आतुर रहेको बताएको छ । उपेन्द्र यादव विराटनगरको उपमेयरमा छोरा अमरेन्द्र र जनकपुरको मेयरमा लालकिशोर साहहरू हार्नासाथै ‘एकीकरण वा गठबन्धन’ गर्न ‘निकै आतुर’ देखिन्छन् !
२०७४ सालताका कांग्रेसका विमलेन्द्र निधिले पहाडमा भूगोललाई आधार मानिएजस्तै मधेशमा जनसंख्याको अनुपात मिलाएर निर्वाचनक्षेत्र पुनर्निर्धारणको कुरा उठाउँदा यिनै मधेशवादी दल राजपा, संघीय समाजवादीले कांग्रेसका शीर्षनेताहरूलाई कुरा लगाएका थिए । केपी ओलीले सर्लाहीमा कुनै विकास कार्य नगरेर हार्ने अवस्थामा पुगेका राजेन्द्र महतोलाई धनुषा लगी रघुवीर महासेठसँग तालमेल गराई विमलेन्द्रलाई हराए ।
२०७४ सालमै राजेन्द्र महतोले एमाले र केपी ओलीलाई मधेशीको दुश्मन करार गर्दै मेची–काली यात्रा बिथोल्ने काम गरेका थिए । यसरी दुश्मन बनेका महतो–ओलीले केही दिनमै ‘असल मित्र’ बनेर मधेशमा चुनाव लडे । उपेन्द्र यादवले आज जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुप¥यो भनिरहेका छन् । यो कसको माग हो ? यो माग दिवंगत महेन्द्रनारायण र विमलेन्द्र निधिको होइन ?
२०७४ सालमा कांग्रेसले तत्कालीन राजपासँग गठबन्धन ग¥यो, अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको २ नं. क्षेत्रबाट कांग्रेस जिल्ला अध्यक्ष बजरंग नेपालीको टिकट खोसेर जिते तर राजेन्द्र महतोलाई विमलेन्द्र निधिको क्षेत्र धनुषाबाट किन हटाएनन् ? आजको जसरी जसपा (उपेन्द्र यादव) र लोसपा (महन्थ, राजेन्द्रहरू) ले कांग्रेसले पुनः मधेशको स्थानीय तहमा कब्जा जमाएको बुझेका छन्, त्यहीँ जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई मन्त्रिमण्डल पुनर्गठन, स्थानीय चुनावको टिकट वितरण आदि बहानामा पार्टी फोड्न तम्तयार छन् ।
उता, कांग्रेसमा सभापति देउवाले आफू र श्रीमती डा. आरजूका सामु कोही तगारा नबनून्, आउँदो संसदीय चुनावबाट विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलहरू कुनै हालतमा नजितुन् भन्ने चाहिरहेका छन् । यस्तोमा कांग्रेसले बलजफ्ती लोसपासँग गठबन्धन किन गर्नुपर्ने ः लोसपाका नेतालाई विधायक र संसदमा ल्याउनलाई कि निधिहरूको टिकट खोस्नलाई ?
– मनोज कर्ण (उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस)
टिप्पणीहरू