मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको भविष्यवाणी गरेको हो ।

भारी वर्षापछि पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव, नदीनाला तथा खहरेहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

अहिले यो वर्षको मनुसनको मध्य समय हो ।

टिप्पणीहरू