प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा छाडेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच केही बेरअघि सिंहदरबारमा कुराकानी भएको हो ।
अध्यक्ष दाहालको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको बताइएको छ । भट्टराई दाहाललाई भेट्न दिउँसो साढे १२ बजे त्यहाँ पुग्नुभएको हो ।
उहाँहरुबीच करिब एक घण्टा छलफल भएको माओवादी केन्द्रले जनाएको छ । यसअघि पनि उहाँहरुबीच खुमलटार र लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा पटक पटक भेटवार्ता भएको थियो ।
टिप्पणीहरू