आइएमएफको अफिस र्याडिसनमा
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा रहँदै आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधि कार्यालय अब लाजिम्पाटस्थित होटल र्याडिसनमा सर्ने भएको छ । २०७२ को भूकम्पअघि बैंकको मुख्य भवनको तेस्रो तल्लामा रहेको उक्त कार्यालय पछिल्ला दिनमा बैंक हाताभित्रको दुई वटा साना कोठामा सीमित भएको थियो ।
तीन वर्षदेखि कोषको कार्यालय बालुवाटारस्थित विवादास्पद ललिता निवासको जग्गामा बनाइएको एनआरएन भवनको माथिल्लो तल्लामा राखिएको छ । काठमाडौंमा बस्ने प्रतिनिधिलाई हटाएर सन् २०१० देखि कोषको नयाँदिल्लीस्थित कार्यालयले हेर्ने गरेको थियो । नयाँदिल्लीमा बस्ने प्रतिनिधिले भारतसहित नेपाल र भुटानलाई हेर्थे ।
तर, गत महिनादेखि पुनः कोषका आवासीय प्रतिनिधि काठमाडौंमा बस्ने भएपछि उनको कार्यालयको निम्ति र्याडिसन होटल छानिएको हो । अघिल्लो साता बैंकको निर्माणाधीन भवन निरीक्षणपछि कोषकी आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेजले निर्माण सम्पन्न हुन कम्तिमा तीन वर्ष लाग्ने निश्कर्ष निकालेकी हुन् ।
तीन वर्षसम्म कुचुक्क परेको कोठामा बस्न नसकिने भन्दै भवन निर्माण सम्पन्न नहुञ्जेल ¥याडिसनमा कार्यालय खोल्ने निर्णयमा पुगेकी छन् । अहिले कोषको कार्यालयमा बैंकको तर्फबाट एक उपनिर्देशक, एक जना सहायक निर्देशक र सहयोगी कर्मचारी छन् । उपनिर्देशक र सहायक निर्देशक पनि आवासीय प्रतिनिधिझैँ महिला हुन् ।
यसअघि सन् २०१० मा काठमाडौंमा कोषका पछिल्ला आवासीय प्रतिनिधिको रुपमा भारतीय मूलका अमेरिकी सुखबिन्दर सिंह थिए । उनी भारतीय मूलका भए पनि श्रीमती चिनियाँँमूलकी अमेरिकी थिइन् ।ञ्जेल र्याडिसनमा कार्यालय खोल्ने निर्णयमा पुगेकी छन् । अहिले कोषको कार्यालयमा बैंकको तर्फबाट एक उपनिर्देशक, एक जना सहायक निर्देशक र सहयोगी कर्मचारी छन् ।
उपनिर्देशक र सहायक निर्देशक पनि आवासीय प्रतिनिधिझैँ महिला हुन् । यसअघि सन् २०१० मा काठमाडौंमा कोषका पछिल्ला आवासीय प्रतिनिधिको रुपमा भारतीय मूलका अमेरिकी सुखबिन्दर सिंह थिए । उनी भारतीय मूलका भए पनि श्रीमती चिनियाँँमूलकी अमेरिकी थिइन् ।
टिप्पणीहरू