माधव नेपालको पार्टीले वाम एकताको पहल गर्ने
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको पार्टीको ३२ औं बैठकले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।
महासचिव बेदुराम भुसालका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण अभियानलाई तदारुकतासाथ अघि बढाउने, समाजवाद सम्बन्धी दस्तावेज तयार पार्ने र आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
गत असार दोस्रो साता आयोजित केन्द्रीय परिषदको प्रथम बैठकले पारित गरेको कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/pressnote-2079.4.3.pdf”]
टिप्पणीहरू