आज मुसलधारे वर्षाको सम्भावना
आज बिहानैदेखि देशभर बादल लागेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा रहेकाले मौसममा बदली आएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज बिहानैदेखि मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लुम्बिनी प्रदेशमा ठूलो वर्षा भइरहेको छ । आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
टिप्पणीहरू