प्रचण्ड–बाबुराम निरन्तर सम्पर्कमा, आज दुई घण्टा सल्लाह

प्रचण्ड–बाबुराम निरन्तर सम्पर्कमा, आज दुई घण्टा सल्लाह

गत मंगलबार मात्रै भेटवार्ता गर्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) बाट अनौपचारिक रुपमा बाहिरिनुभएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज पनि भेटवार्ता गर्नु भएको छ ।

ललितपुरको हात्तीवनस्थित प्रचण्ड निकट एक जनाको घरमा करिब दुई घण्टा लामो छलफल भएको हो । उहाँहरूबीच बिहान ९ बजेदेखि ११ बजेसम्म भेटवार्ता भएको बताइएको छ ।

अस्ति मंगलबार सिंहदरबारमा भएको भेटमा कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा छलफल भएकोे थियो । आजको भेट पनि त्यसैको निरन्तरता बताइएको छ ।

टिप्पणीहरू