पशुपतिको गुरुयोजना, डेढ दशकको समयसीमा

पशुपतिको गुरुयोजना, डेढ दशकको समयसीमा

पशुपति क्षेत्र विकास कोषले गुरुयोजना तयार गरेको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवम् सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिइएको हो ।

यसअघि २०७७ कात्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक समिति गठन गरेर स्थानीयवासी एवम् सरोकारवालासँग छलफल अघि बढाएको थियो ।

समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरी हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय योजनाआयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा. सुदर्शनराज तिवारी, संरचनाविद् प्रा. प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइ जे, संरक्षणविद् भीम नेपाल, स्थानीयवासी आशाराम संगत गुरुयोजना तयारी प्राविधिक समितिमा हुनुहुन्थ्यो ।

गुरुयोजनाको अवधी १५ वर्ष तोकिएको छ भने कार्यान्वयन चरण चार तोकिएको छ । सनातन धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ ।

टिप्पणीहरू