सभामुख निवासमा सचिवहरु दुई घण्टा
सभामुख अग्निप्रसाद सापकोटाको निवासमा हिजो बिहान दुई जना उच्च कर्मचारीले दुई घण्टा भेटवार्ता गरेका छन् । लैनचौरस्थित सरकारी निवासमा सभामुख सापकोटा र प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीसहित सभामुखको सचिवालयका सागर केसीले भेटवार्ता गर्नुभएको हो ।
उहाँहरुबीच बिहानदेखि भएको कुराकानी साढे १० बजेसम्म लम्बिएको बताइन्छ । सभामुख र सचिवहरुबीच संसदको कार्यसञ्चालनलगायत विषयमा छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू