नौविसे–नागढुङ्गा सडक पार गर्न झण्डै ३ घण्टा
त्रिभुवन राजपथ अन्तरगत नौबिसे–नागढुङ्गा सडक खण्डमा लामो जाम लागेको छ । जाम लागेकोले करिब १० किलोमीटर दूरी पार गर्न यात्रुहरू ३ घण्टासम्म जाममा बस्नु परेको छ ।
खानीखोला प्रहरीका अनुसार सुरुङमार्ग निर्माण नजिकै ट्रक बिग्रिएको र बिग्रिएको ट्रक बाटोमै छोडेर चालक भागेकोले जाम बढिरहेको हो । अहिले पनि नौबिसे–नागढुङगा सडक खण्डको जामले पृथ्वी राजमार्गसम्म नै असर पुगेको छ । नागढुङ्गाको काठमाण्डौतर्फसम्म जाम पुगेको छ ।
सडकमा हिलो र खाल्डोखुल्डीले पनि अवरोध आइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ । वैकल्पिक राजमार्गका रूपमा रहेको धार्के-सीतापाइला सडकलाई सरकारले चासो नदिँदा नागरिकले दुःख पाएका छन् ।
टिप्पणीहरू