समाजवादी केन्द्रमा सहमति जुटेको दाबी, १६५ ठाउँमै उम्मेदवार उठाइने
एमालेबाहेकका कम्युनिष्ट पार्टीहरु बीच समाजवादी केन्द्र बनाउने विषयमा समझदारी जुटिसकेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले दाबी गरेका छन् ।
आगामी निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीका साथ समाजवादी केन्द्र गठनमा दलहरुबीच सहमति भैसकेको उनको भनाइ छ । माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियान समाजवादी केन्द्रमा रहने पुनले बताए ।
काँग्रेससँगको गठबन्धन के हुन्छ ? भन्ने प्रश्नमा उनले आवश्यकताका आधारमा केही ठाउँमा काँग्रेससँग तालमेल हुनसक्ने जानकारी दिए । तत्काल पार्टीहरू वीच एकता नहुने भन्दै पुनले अब देशमा दुई वटा राजनीतिक शक्ति हुने दाबीसमेत गरेका छन् । काँग्रेसले पुरानो परम्परावादी शक्तिको नेतृत्व गर्ने र समाजवादी केन्द्रले प्रगतिशील शक्तिको नेतृत्व गर्ने भन्दै एमालेले कता जाने भन्ने उसको निर्णयको कुरा रहेको उनले बताए ।
टिप्पणीहरू