प्रधानमन्त्री पत्नीको शल्यक्रिया सफल,अर्बुद रोगको आशंका
उपचारको क्रममा भारतमा रहनुभएकी प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाको शल्यक्रिया सफल भएको छ । सामाजिक सञ्जालमा सन्देश लेख्दै उहाँले आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिनुभएको छ ।
उहाँ करिब दुई साताअघि भारत जानुभएको थियो । दिल्लीको म्याक्स अस्पतालका अध्यक्ष तथा प्रा. डा हरित चतुर्वेदी नेतृत्वको टिमले आरजुको उपचार गरेको बताइन्छ । डा. चतुर्वेदी अर्वुद रोग विशेषज्ञ हुन् ।प्रधानमन्त्री पत्नीको उपचारमा डा. कन्किता बात्रा मोदी पनि संलग्न थिइन् । उनी रोबोटिक अन्कोगाइनोकोलोजिष्ट हुन् ।
उपचारमा संलग्न चिकित्सकहरुको पृष्ठभूमिअनुसार डा.राणालाई पाठेघर वा प्रसूतीरोगसँग सम्बन्धित क्यान्सर भएको अनुमान गरिएको छ । अस्पतालले त्यस्तो क्यान्सरलाई पाँच भागमा वर्गीकरण गरेको छ ।
जसमा सर्भाइकल क्यान्सर,ओभारिएन क्यान्सर,उटेरिन क्यान्सर,भ्याजिनल क्यान्सर र भल्भर क्यान्सर उल्लेख्य छ ।
टिप्पणीहरू