प्रचण्डका कारण नेकपा छिन्नभिन्न भएको शंकर पोखरेलको दावी

प्रचण्डका कारण नेकपा छिन्नभिन्न भएको शंकर पोखरेलको दावी

नेकपा एमालेका महसचिव शंकर पोखरेलले तत्कालीन नेकपालाई तहसनहस पार्नमा प्रचण्डको भूमिका सबैभन्दा धेरै रहेको बताउनुभएको छ । उहाँले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हिजो आयोजित बैठकलाई सम्बोधन गर्ने क्रममा उक्त तथ्य उजागर गर्नुभएको हो ।

खानेपानी तथा सरसफाई विभागको बैठकलाई सम्बोधन गर्ने क्रममा पोखरेलले चार वर्षअघि मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजान अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रयासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाधक बनेको आरोप लगाउनुभएको हो ।

उहाँको भनाई थियो,‘पार्टी एकीकरणपछि मुलुक स्थिरतातर्फ जान लागेको थियो । एमालेको उद्देश्य नेकपालाई बलियो पार्टी बनाउने भन्ने हो । सोहीअनुसार हामीहरु लागिपरेका थियौं । तर माओवादीका कारण नेकपाको गठन मोर्चामा सीमित बन्यो । यो सबै अध्यक्ष प्रचण्डको चरम महत्वाकांक्षाले भएको हो । त्यसपछि बिग्रेको र भत्केको प्रवृत्ति अहिलेसम्म कायम छ ।’

टिप्पणीहरू