जनप्रतिनिधिमाथि कर्मचारी नियुक्तिमा मनपरी गरेको आरोप, कामकाज ठप्प
नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्ना मान्छे भर्ति गर्न करार कर्मचारी नियुक्तिमा विभेद गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।
कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प रहेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीको पक्षमा रहेका कर्मचारीले आन्दोलन गरेसँगै नगरसहित वडाको नियमित कामकाज प्रभावित भएको हो ।
कार्य मूल्यांकनको आधार देखाउँदै नगरले ५७ जना कर्मचारी कटौती गरेपछि उनीहरु अहिले विरोधमा उत्रिएका हुन् । ती कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफूहरुलाई कामबाट निकालिएको आरोप लगाउँदै आएका छन् ।
इनरुवाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरिएको छ । जसका कारण आन्दोलन चर्किएको हो ।
टिप्पणीहरू