माओवादी अध्यक्ष २१ गते जापान जाने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गते जापान भ्रमणमा जाने कार्यक्रम तय भएको छ । उहाँ पाँच दिने जापान भ्रमणमा जान लाग्नुभएको हो ।
माओवादीको जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उहाँ त्यता जान लाग्नुभएको हो ।
अध्यक्ष दाहालसँगै स्वकीय सचिव रमेश मल्ल, कान्छी छोरी गंगा दाहाल र सुरक्षा सहयोगी नारायणप्रसाद ढुंगाना पनि भ्रमण दलमा रहने बताइएको छ ।
भारतलगत्तै जापान भ्रमणमा जान लाग्नुभएका प्रचण्ड त्यहाँबाट फर्केर चीन जाने तयारीमा रहेको बताइन्छ । भारतलगत्तै चीन जाँदा राम्रो संदेश नजाने भएकाले बिचमा जापान भ्रमण मिलाएको अनुमान गर्नेहरु पनि छन् ।
टिप्पणीहरू