गाईसँगै घर पनि लैजाने राजेन्द्र लिङ्देनको डर

गाईसँगै घर पनि लैजाने राजेन्द्र लिङ्देनको डर

गाई चिन्ह र पार्टी कार्यालयको भवन नै कमल थापाले लैजाने भएपछि अतालिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही बेरअघि फोन सम्पर्क गरेर दीलविकास राजभण्डारीसँग भेट्न समय माग गरेका छन् ।

अध्यक्ष लिङ्देनले भेट्ने समय मागेपछि हालै मात्र उक्त पार्टी त्यागेर कमल थापाको पार्टीमा प्रवेश गरेका राजभण्डारीले भेट्न आउने मान्छेलाई कसरी नआइज भनौं आउनुहोस न त भनेर जवाफ फर्काएका छन् ।

अध्यक्ष लिङ्देनले ‘दाइ हजुरले जे भन्यो त्यही मान्छु’ भनेर फकाए पनि राजभण्डारीले अब ढिलो भइसकेको जवाफ फर्काएको उनी निकट स्रोतले जनआस्थालाई जानकारी दिएको छ ।
अस्ति आइतबारमात्र राजेन्द्र लिङ्देनको साथ त्यागेर राजभण्डारीसहित पूर्वमन्त्री दीलनाथ गिरी, दमन बस्नेतसहितका टोली कमल थापाको राप्रपामा प्रवेश गरेका हुन् । सोही दिन सर्वाेच्च अदालतले गाई चिन्ह अहिलेलाई यथावत राख्न आदेश दिएको थियो ।

धुम्बाराहीमा १३ आना जग्गामा बनेको राप्रपाको पार्टी कार्यालय दिलविकास राजभण्डारीको नाममा छ । राजभण्डारीले राजेन्द्रको साथ त्यागेर कमल थापालाई रोजेसँगै पार्टी कार्यालय भवन समेत गुमाउनुपर्ने भएपछि उनले समय मागेर भेट्न खोजेका हुन् ।

अध्यक्ष जिताउनकै लागि अमेरिकाबाट नेपाल आएका दीलनाथ गिरीसहित राजभण्डारी र बस्नेतहरुलाई बेवास्ता गर्दै रेखा थापा र ज्ञानेन्द्र शाहीहरुलाई च्यापेर हिँडेपछि अस्ति आइतबारमात्र उनीहरु कमल थापाको पार्टीमा प्रवेश गरेका हुन् ।

टिप्पणीहरू