जिल्ला अदालतका न्यायाधीशको व्यापक सरुवा
न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवाको निर्णय गरेको हो ।
बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।
त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने न्यायपरिषद् बैठकको निर्णय छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/1658838228सरुवा-जिल्ला-न्यायाधीश-२०७९४१०.pdf”]
टिप्पणीहरू