झलनाथ र घनश्याम बीच ‘खडेखडे बात’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले नेता घनश्याम भुसालबीच आज १५ मीनेट कुराकानी भएको छ । उहाँहरुबीच सिंहदरबारभित्रको सडकमा जम्काभेट हुँदा कुराकानी भएको हो ।
संघीय संसद सचिवालयको पश्चिम कुनोमा दुई नेताले आत्मीय शैलीमा कुराकानी गर्नुभएको त्यहाँबाट ओहोरदोहोर गर्ने धेरै जनाले देखेका थिए ।
उहाँहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन । निकै हँसिलो भावमा उहाँहरुबीच १५ मीनेट कुराकानी भएको बताइएको छ ।
टिप्पणीहरू