एक्लै हिँड्ने मनोविज्ञान त्याग्न सहरी विकासमन्त्रीको आग्रह

एक्लै हिँड्ने मनोविज्ञान त्याग्न सहरी विकासमन्त्रीको आग्रह

सहरी विकासमन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नवनियुक्त मेयर र उपमेयरहरुलाई सचेत गराउनुभएको छ ।

नगर विकास कोषको बैठकमा बोल्दै मन्त्री चौधरीले २०७० सालपछिको मनोविज्ञान सहकार्यको रहेकाले विकासका काममा काँग्रेस र कम्युनिष्ट नभनी काम गर्नुपर्ने अवस्थालाई ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँको भनाइ छ, ‘जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।’

मन्त्री चौधरीले मेयरहरुलाई एक्सन प्लान बनाएर काम गर्न, प्रदेशकै प्रतिनिधित्व हुने गरि नगर विकासका योजनाहरु बनाउनु र विज्ञहरुको सल्लाहमा काम गर्न पनि सल्लाह दिनुभएको छ । बहुपार्टी संस्कारलाई अँगाल्दै सबैलाई मिलाउँदा मात्र नेता बन्न सकिने धारणा उहाँको छ ।

टिप्पणीहरू