परम्परागत पोशाकमा प्यालेस्टिनी मोडेलहरू (फोटो फिचर)

परम्परागत पोशाकमा प्यालेस्टिनी मोडेलहरू (फोटो फिचर)

प्यालेस्टाइनको परम्परागत पोशाक र सम्पदा दिवशको अवसरमा त्यहाँका मोडलहरूले सोमवार पश्चिम किनार वेस्ट बैंक शहरको अल-बिरेहमा आयोजित फेसन शोमा परम्परागत पोशाकहरू लगाएर प्रदर्शन गरेका छन् ।

प्यालेस्टिनी परम्परागत पोशाक संघले आयोजना गरेको उक्त शोमा वेस्ट बैंकका विभिन्न स्थानबाट करिब ५ सय प्यालेस्टिनीहरुको सहभागिता रहेको थियो । परम्परागत प्यालेस्टिनी पोशाकमा गरिएको इम्ब्रोईडरी,यसको सम्बृध्द रंग र शैलीबध्द डिजाइनहरूका लागि परिचित छ।

“प्यालेस्टाइनमा इम्ब्रोईडरीको कला, अभ्यास,सीप ज्ञान र अनुष्ठान” लाई युनेस्को (UNESCO) द्वारा २०२१ मा मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा अंकित गरिएको थियो ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू