५२ भाइको नियुक्तिविरुद्ध सुनुवाई फेरि स्थगित

५२ भाइको नियुक्तिविरुद्ध सुनुवाई फेरि स्थगित

केपी शर्मा ओलीले अध्यादेशमार्फत दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा नियुक्त गरेका ५२ पदाधिकारीविरुद्धको रिट उपरसुनुवाईको मिति आजका लागि तोकिएकोमा फेरि सुनुवाइ सरेको छ । पटक पटक म्याद तामेली, लिखित जवाफ र मुद्दाको अन्य सबै प्रक्रिया पूरा गरिसकिएकाले अब अन्तिम सुनुवाइ हुनुपर्ने रिट निवेदक ओमप्रकाश अर्यालहरुको दावा थियो तर आजको इजलास बस्नुअगावै विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले म्याद तामेल नभएको भन्दै अब्जेक्सन जनाएका कारण सुनुवाई स्थगित भएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग,लोकसेवा आयोगलगायतका निकायमा गरेका नियुक्तिविरुद्ध अधिवक्ताहरु ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी,समृत खरेल,कीर्तिनाथ पौडेलले रिट दायर गरेका थिए ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलाशले सो मुद्धाको सुनुवाई गर्ने गरी पेशीमा चढेको भए पनि विपक्षी अधिवक्ताको अब्जेक्सनका कारण आजको सुनुवाई स्थगित हुन पुगेको जनाइएको छ ।

यसअघि गत ८ असारको अन्तरिम आदेशको छलफलको सुनुवाइका क्रममा सँवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका ५२ पदाधिकारीको सक्कल फाइल झिकाउने आदेश गरेको थियो। अदालतको आदेशअनुसार संवैधानिक परिषद्‌बाट सक्कल फाइल आइसकेको छ।

टिप्पणीहरू