ल्होत्सेमा महिला माननीयहरु मात्रै
आज संघीय संसद भवन,नयाँ बानेश्वरमा महिला सांसदहरुको मात्रै भेला डाकिएको छ । उपसभामुख पुष्पा भुसाल गौतमको पहलमा यस्तो भेला बोलाइएको बताइएको छ ।
दिउँसो १ बजेका निम्ति निर्धारित भेलाको प्रमुख अतिथि भने सभामुख अग्निप्रसाद सापकोटा हुने संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महिला सांसदहरुसँग ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयमा अन्तरक्रिया पनि हुने भनिएको उक्त कार्यक्रम संसद सचिवालयले आयोजना गर्न लागेको हो । कार्यक्रम संसद भवनको ल्होत्से हलमा राखिएको छ ।
टिप्पणीहरू