गठबन्धन लामै समयसम्म कायम रहनेमा प्रचण्ड ढुक्क
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेससँगको गठबन्धनलाई निरन्तरता दिने बताउनु भएको छ ।
आज पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचनसम्म यही गठबन्धन कामय रहने बताउनु भएको हो । उहाँले विचार मिल्ने सबै वामपन्थी दलहरूसँग कार्यगत एकता गरेर जानेसमेत उल्लेख गर्नुभएको छ ।
बैठकमा संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे लामो ब्रिफिङ गरिएको थियो । भोलि बिहान ८ बजे पुनः बस्ने बैठकमा पोलिटब्युरो चयनबारे छलफल हुने बताइएको छ ।
टिप्पणीहरू