लमजुङमा युवतीको रहस्यमय मरण
लमजुङमा दिनानु दिन आत्महत्याका घटनाहरु बढ्दै गएको छ । सोही क्रममा आज मध्यान्ह १२ बजेको समयमा एक युवतीको शव फेला परेको छ । गत मंगलबार साढे ५ बजेतिर आफ्नै दिदीको घरबाट निस्किएकी सुन्दरबजार नगरपालिका २ की २८ वर्ष उमेरकी युवतीको आज शव फेला परेको हो ।
मुखले नबोले पनि फोन, एसएमएस गर्न सक्ने, भिडियो कलबाट हातको इशाराले सबै कुरा व्यक्त गर्न सक्ने लीला अछामी नाम गरेकी युवती हराएको दुई दिनपछि मृत फेला परेकी हुन् ।
विदेशबाट फर्किएर गत असारमा मात्रै विवाह गरेका सोही स्थानका २४ वर्षीय राम सुनारले सोही दिन एसएमएस र भिडियो कल गरी बोलाएपछि दिदीको घरमा सिलाई कटाई सिक्दै गरेकी लिला घर जाने भनेर हिँडेकी उनी रामुसँग भेटपछि एकाएक गायब भएकी थिइन् ।
केही स्थानीयले लीलालाई सुनारसँगै देखे पनि खासै वास्ता नगरेको बताएका छन् । तर घर जान्छु भनेर हिँडेकी बैनी घर नपुगेको खबर पाएपछि दिदीले छिमेकीलाई गुहारेकी थिइन् । सुनारसँग भेटेपछि बैनी हराउनु र तीन दिनपछि मृत अवस्थामा फेला पर्नुको पछाडि केही रहस्य हुन सक्ने परिवारको आशंका छ ।
यसअघि पनि एसएमएस गरेर लिलासँग सुनारले रकम असुल्ने गरेको अपुष्ट समाचार स्थानीयले सुनेको बताएका थिए । तर बोल्न नसक्ने र कान पनि राम्रोसँग नसुन्ने युवतीको ज्यान जानुको कारणबारे धेरैले धेरैथरि आशंका गरेका छन् ।
एसएमएस गरेको आधारमा हिजोदेखि जिल्ला प्रहरी कार्यालय लमजुङको नियन्त्रणमा रहेका सुनारमाथि भने थप प्रश्न तेर्सिएको छ । सुनार माओवादी केन्द्र सुनपाका सेक्रेटरी सुनिल सुनार (अटल) का काकाका छोरा भएको बुझिएको छ ।
टिप्पणीहरू