मन्त्री भेट्न राजदूतहरुको दौडादौड

मन्त्री भेट्न राजदूतहरुको दौडादौड

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित दूतावासमा कार्यभार सम्हालेयता भेटघाटमा व्यस्त राजदूत श्रीवास्तव सोही सिलसिलामा हिजो दिउँसो रामशाहपथस्थित मन्त्रालय पुगेका हुन् । मन्त्री खापुङको कार्यकक्षमा करिब पौने घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

हिजै नेपालका लागि पोल्याण्डका राजदूत एडम बुराकोस्किफले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि मन्त्रालयमै पुगेर भेटेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमणको पूर्वसन्ध्यामा व्यस्त रहेका मन्त्री खड्का र राजदूत एडम बुराकोस्किफबीच दिउँसो १५ मीनेट कुराकानी भएको बताइएको छ ।

टिप्पणीहरू