जनताले व्यहोर्नुपरेको सास्ती ठूलाबडाका लागि शोख ?

जनताले व्यहोर्नुपरेको सास्ती ठूलाबडाका लागि शोख ?

जनताले व्यहोर्नुपरेको सास्ती ठूलाबडाका लागि शोख ? ज्यान जोखिममा राखेर तुइनबाट आवतजावत गर्नुपर्ने जनताको नियतीलाई कर्णालीका पूर्वमुख्यमन्त्री तथा माओवादी नेताले आफ्नो शोखका रुपमा भिडियो खिचेर टिकटकमा भाइरल बनाएपछि यस्तो प्रश्न उठेको छ ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा माओवादी नेता महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाले गृहजिल्ला कालिकोटको एउटा जीर्ण पुल तर्दै गरेको फोटोमा गीत भरेर टिकटक बनाएकी हुन् ।

टिकटकप्रेमी चन्दाको एकाउन्टबाट सार्वजनिक भएको उक्त भिडियोमा पूर्वमुख्यमन्त्री शाही पनि देखिन्छन् । भिडियोमा उनी जीर्ण पुलको लट्ठा समातेर श्रीमतीको पछाडि उभिएको देख्न सकिन्छ ।

शाही दम्पत्तिले अनौठो मानेर टिकटकमा देखाएजस्तै जोखिम मोलेर वारिपारी गर्नुपर्ने यस क्षेत्रका नागरिकको दैनिकी नै हो ।महेन्द्रबहादुर शाही वर्गीय मुक्तिका लागि हतियारबन्द आन्दोलनमा लागेका नेता हुन् ।

न्याय र समानताका लागि भन्दै युद्धमा होमिएका उनै शाहीले उर्लंदो वर्षे भेलमा तुइन तरेर आवतजावत गर्नुपर्ने कर्णालीको बाध्यतालाई मनोरन्जनका रुपमा लिएको भन्दै आलोचना भैरहेको छ ।

टिप्पणीहरू