कोमल वलीको घरबाट माननीयको बोर्ड हटाइयो

कोमल वलीको घरबाट माननीयको बोर्ड हटाइयो

एमाले केन्द्रीय सदस्य तथा पूर्व माननीय कोमल ओलीले आफ्नो सचिवालय बाहिर टाँगिएको बोर्ड हटाएकी छन् । जनआस्था साप्ताहिक र डट कममा अस्ति बुधवार ‘पद गयो कहिले कहिले,कोमलको अफिस अहिले’ शीर्षकमा समाचार प्रकाशित भएपछि बल्ल उनले बोर्ड हटाएकी हुन् ।

कार्यकाल सकिएर माननीयबाट हटेको पाँच महिना पुगिसक्दा पनि तुलसीपुरस्थित घरमा माननीय कोमल वली लेखिएको बोर्ड झुण्डिरहेको थियो । निजी सचिव उनकै सहोदर दाजु यामिन्द्र वली हुन् । सहयोगीको रुपमा वीरबल खड्का र हेमराज डाँगीलाई राखिएको थियो । खड्का अखिलका दाङ्ग इञ्चार्ज हुन् ।

यता बालकोटमा नियमित धाइरहेकी पूर्व माननीय साउन लागेपछि तीजको गीत रेकर्डिङ्गमा व्यस्त छिन् । राजाको प्रत्यक्ष शासनकालमा एमाले पत्रकारहरु राजतन्त्रविरुद्ध सडकमा ओर्लिंदा उनले राजा र राजतन्त्रको पक्षमा अहोरात्र भजन गाएकी थिइन् ।

टिप्पणीहरू