अमेरिकी सहायक विदेशमन्त्री बिहानै दूतावास प्रवेश

अमेरिकी सहायक विदेशमन्त्री बिहानै दूतावास प्रवेश

हिजो अपरान्ह काठमाडौं ओर्लेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज बिहानबाट औपचारिक भेटवार्ता शुरु गर्ने कार्यक्रम छ । लु भर्खरै ब्रेकफास्टपछि अमेरिकी राजदूतको निवास, कमलादीबाट महाराजगञ्जस्थित दूतावास पुगेका छन् ।

सहायक मन्त्रीको टोली बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेको छ । होटलबाट बिहानै कमलादी पुगेर कार्यवाहक राजदूतसहित टोली अमेरिकी दूतावास गएको हो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित विभिन्न राजनीतिक दलका नेताहरुसँग कुराकानी गर्ने कार्यक्रम तय भएको बताइएको छ । तर, भेटवार्ताको औपचारिक समय र स्थान भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री देउवासँग उहाँको सरकारी निवास बालुवाटारमा र परराष्ट्रमन्त्री खड्कासँग सिंंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुने निश्चित छ । तर अन्य राजनीतिक दलका नेतासँगको भेटवार्तास्थल र समयबारे केही बताइएको छैन ।

टिप्पणीहरू