थुप्रै नेताले एकाबिहानै काठमाडौं छाडे
आज बिहान काठमाडौंस्थित आन्तरिक विमानस्थलको भीआइपी कक्षमा अनौठो संयोग देखियो । एकाबिहानैदेखि राजनीतिक दलका नेता, पूर्वमन्त्रीहरु राजधानी बाहिर जाने सिलसिलामा त्यहाँ पुगेका पाइए ।
कसैको त्यहीँ भेट भए पनि कोही निस्केपछि अर्कोको प्रवेश भएको थियो । सबैभन्दा पहिले भैरहवा जान पूर्वमन्त्रीद्वय तथा नेकपा एकीकृत समाजवादीका नेताहरु सोमप्रसाद पाण्डे र रामकुमारी झाक्री त्यहाँ पुग्नुभएको थियो । उहाँहरु बुद्ध एअरको उडानमा पौने ८ बजे त्यसतर्फ जानुभएको छ ।
लगत्तै बुद्ध एयरकै उडानमा भैरहवा जान नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा भीआइपी कक्षमा प्रवेश गर्नुभयो । सँगसँगै जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव साढे ८ बजे बुद्ध एअरको उडानमा जनकपुर जानुभयो ।
एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री पनि सोही समय बुद्ध एयरको उडानमा पोखरा जानुभएको छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान यति एअरको उडानमा पौने ९ बजे विराटनगर प्रस्थान गर्नुभएको छ ।
टिप्पणीहरू