कर्मचारीको सरुवामा झडप,१५ सेल टियर ग्यास प्रहार
कर्मचारी सरुवाको विषयमा विवाद र झडप हुँदा बारामा प्रहरीले १५ सेल टियर ग्यास प्रहार गरेको छ । सिम्रौनगढ नगरपालिकाका शिक्षा र स्वास्थ्य शाखा संयोजक र केही कर्मचारीलाई त्यहाँबाट हटाएर अन्यत्र सरुवा गरिएकोमा कर्मचारीहरुबीच विवाद उत्पन्न भएको थियो ।
एकथरिले सरुवा ठीक र अर्काथरिले बेठीक भनेपछि घम्साघम्सी भएको हो । विवाद बढ्दै गएपछि प्रहरीले टियर ग्यास हानेको इलाका प्रहरी कार्यालय, सिम्रौनगढले जनाएको छ । त्यसअघि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले हवाई फायर गरेका थिए ।
घटनामा प्रहरी, कर्मचारी र सर्वसाधारण गरेर ११ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भई फिर्ता गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
राति अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रहरी गस्ती गराइएको पनि प्रहरीले बताएको छ ।
टिप्पणीहरू