प्रचण्ड भेट्न गृहमन्त्री एकाबिहानै खुमलटार

प्रचण्ड भेट्न गृहमन्त्री एकाबिहानै खुमलटार

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

प्रचण्ड भेट्न गृहमन्त्री खाँण आज बिहान खुमलटार पुग्नुभएको हो । भेटमा नागरिकता विधेयकको कार्यान्वयन, निर्वाचनको मिति घोषणालगायतका विषयमा छलफल भएको बुझिएको छ।

हिजो प्रेस सेन्टरको बैठकमा प्रचण्डले मङ्सिर ४ गतेको लागि निर्वाचन मिति घोषणा हुने बताउनु भएको थियो ।

सरकारले पनि सङ्घीय र प्रदेश निर्वाचनको मिति यसै साता घोषणा गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू