पोखराबाट काठमाडौँ उडेको यतिको जहाज पोखरै फिर्ता

पोखराबाट काठमाडौँ उडेको यतिको जहाज पोखरै फिर्ता

पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको विमान इञ्जिनमा खराबी देखिएपछि पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

नाइन एन एएनजी कल साइन विमानको इन्जिनमा खराबी आएपछि उडेको ६ मीनेटमै आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थल स्रोतका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम हुनसक्ने भन्दै फर्काइएको थियो । जहाज बिहान ८ बजे ४५ जना यात्रु बोकेर उडेको थियो ।

टिप्पणीहरू