प्रचण्ड विदेश जान लाग्दा माओवादी बैठक प्रभावित

प्रचण्ड विदेश जान लाग्दा माओवादी बैठक प्रभावित

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको पूर्वनिर्धारित बैठक तालिका प्रभावित भएको छ । साउन तेस्रो साता अध्यक्ष जापान भ्रमणमा जाने पक्का भएसँगै माओवादीले पार्टीका बैठक र कार्यक्रमहरुको समय हेरफेर गरेको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकको तालिका हेरफेर गरेको हो । बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

महराका अनुसार लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउन र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको छ । विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ ।

प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी वैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

अध्यक्ष प्रचण्ड पार्टीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा आगमी साउन २१ देखि २५ गतेसम्म जापान जाने कार्यक्रम छ ।

टिप्पणीहरू