एक वर्षमा ३ करोड बढीको पानको पात चपाइयो

एक वर्षमा ३ करोड बढीको पानको पात चपाइयो

नेपालले एक वर्षमा तीन करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । अघिल्लो वर्ष साउनदेखि गत असार मसान्तसम्म उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले तीन करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको हो । विभागका अनुसार उक्त मूल्यमा एक लाख ५३ हजार एक सय तीन किलोग्राम पानको पात नेपाल भित्रिएको छ ।

ती सबै भारतबाट ल्याइएको हो । अघिल्लो आर्थिक वर्षमा नेपालले दुई करोड ३७ लाख ९४ हजार रुपैयाँमा एक लाख ३३ हजार पाँच सय ७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।

टिप्पणीहरू