बानेश्वरको सडकमा द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको पलेटी
काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअगाडि द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार धर्नामा बसेको छ । ती परिवारले गठन गरेको संस्थाले आज धर्ना कार्यक्रम राखेको हो ।
संस्थाकी अध्यक्ष हेमकुमारी घर्तीको नेतृत्वमा तत्कालीन माओवादी द्वन्द्वबाट पीडित सुरक्षाकर्मीका परिवारले सत्य र मेलमिलाप आयोग ऐन संशोधन गर्दै आयोगको कार्य क्षेत्र स्पष्ट पार्न बिहान ११ बजेदेखि धर्ना थालेको बताइन्छ ।
उनीहरूले सुरक्षाकर्मी नरहे देश रहन्न,हाम्रो माग पूरा गर, मानवअधिकारको गम्भीर उलंघनको परिभाषालाई पुन: परिभाषित गर, सम्मानजनक न्याय लिएरै छाड्छौँ, अरूसँग सुरक्षाकर्मीको तुलना हुँदैन जस्ता नारा प्रदर्शन गरेका छन् ।
टिप्पणीहरू