टिचिङ हस्पिटलमा बिरामी भित्र,हुनेवाला डाक्टरहरु बाहिर

टिचिङ हस्पिटलमा बिरामी भित्र,हुनेवाला डाक्टरहरु बाहिर

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आठ महिने परीक्षा खारेजीको मागसहित प्रदर्शन गरेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेको बताइन्छ । महाराजगञ्ज क्याम्पसमा एमबीबीएस चौथो वर्षका विद्यार्थीले डिनको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको बताइन्छ ।

यसअघि डिनले एक वर्षमा लिने भनिएको परीक्षा आठ महिनामा लिन खोजेपछि आफूहरुले विरोध प्रदर्शन र नाराबाजी गरेको उनीहरुले बताएका छन् । प्रदर्शनकारीले आठ महिने परीक्षा खारेज गर, परिक्षाको मिति सार,एक वर्ष नपुगी परीक्षा लिन पाईंदैन,हामी पछि हट्दैनौँलगायत नारा लगाइरहेका छन् ।

टिप्पणीहरू