इरानमा एक हप्तामा मृत्युदण्डको सजाय दोब्बर

इरानमा एक हप्तामा मृत्युदण्डको सजाय दोब्बर

इरानमा पछिल्लो एक हप्तामा ३२ जनालाई मृत्युदण्ड दिइएको छ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनललाई उदृत गर्दै बिबिसीले जनाएअनुसार अधिकांश मृत्युदण्ड घरेलु हिंसाका घटनाका आधारमा दिइएको हो ।

मृत्युदण्ड दिइएकामध्ये धेरैलाई झुण्ड्याइएको छ । मृत्युदण्ड दिइएकीमध्ये एक महिलाले १५ वर्षकै उमेरमा बाल विवाह गरेकी थिइन् । उनले विवाह भएको १० वर्षपछि श्रीमानको हत्या गरेकाले सोही घटनालाई आपराधिक मान्दै मृत्युदण्डको फैसला सुनाउनु परेको अदालतले जनाएको छ ।

एमनेस्टीले इरानमा मृत्युदण्डको घटना बढ्दै गएको उल्लेख गरेको छ । अघिल्लो साताको तुलनामा पछिल्लो साता झुण्डाएर मारिएकाको संख्या दोब्बर रहेको बताइएको छ ।

टिप्पणीहरू