अमेरिकी सहायक विदेशमन्त्री लु बालुवाटारमा
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको लागि बालुवाटार पुग्नुभएको छ । सिंहदरबारबाट निस्कनुभएका उहाँ प्रधानमन्त्रीसँग भेटवार्ताको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको बताइएको छ ।
यसअघि उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सिंह दरवार पुगेर केही बेरअघि भेट गर्नुभएको थियो ।
भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध,विकास सहायता र आर्थिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, उहाँहरुबीच खाद्य सुरक्षा र कोभिड–१९ खोपलगायत समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
अमेरिकी सहायकमन्त्रीको भेटवार्ता कार्यक्रमलाई निकै गोप्य राखिएको छ । उहाँले कुन बेला कसलाई भेट गर्नेबारे कर्मचारी र सुरक्षाकर्मी कसैलाई पनि जानकारी दिइएको छैन ।
टिप्पणीहरू