अमेरिकी सहायक विदेशमन्त्री आउनुअघि बालुवाटार र बोहोराटारमा छुट्टै भेट

अमेरिकी सहायक विदेशमन्त्री आउनुअघि बालुवाटार र बोहोराटारमा छुट्टै भेट

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु हिजो अपरान्ह नेपालको तीन दिने भ्रमणमा आउनुअघि बालुवाटार र बालाजुको बोहोराटारमा मन्त्री र राजदूतले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी पाहुनासङ्ग गर्ने छलफलवारे परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच २५ मीनेट भेटवार्ता भएको थियो । उहाँहरुसँग अमेरिकी सहायक मन्त्रीले आज दिउँसो छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले पनि हिजै भेटवार्ता गर्नुभयो । राजदूत श्रीवास्तव पौडेललाई भेट्न उहाँको निवास बालाजुको बोहोराटार जानुभएको थियो ।

उहाँहरुबीच अपरान्ह ४५ मीनेट कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू