मान्छे मार्न यतिसम्म खुराफात, नक्कली विवाहकै तयारी

मान्छे मार्न यतिसम्म खुराफात, नक्कली विवाहकै तयारी

बाँकेमा बिमाबाट प्राप्त हुने रकमको निम्ति नक्कली विवाह गरेर एक युवकको हत्या गरिएको छ । कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको सावधिक जीवन बिमा र म्यादी जीवन बिमाबापतको दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएको आरोपमा छ जनालाई समातिएका छन् ।

उनीहरूमध्ये हत्यामा संलग्न एउटीले नक्कली बिहे गरेर श्रीमती हुँ भन्दै बिमा रकम दुई करोड ५० लाख बुझेकी थिइन् ।

योजनाबध्द हत्यामा संलग्न भएको आरोपमा समातिने बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल,स्याङ्जा वालिङ नगरपालिका–६ का ३१ वर्षीय सञ्जिव अर्याल,कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ,बाँकेकै बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री,कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ बस्ने २१ वर्षीया ललिता सापकोटा हुन् ।

“केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको टोलीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत सोमवार पक्राउ गरेको हो ।”

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित सडकमा टोपबहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका थिए । भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनको मेडिकल कलेज कोहलपुरमा उपचार क्रममा मृत्यु भएको थियो ।

बिमावापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतकको श्रीमती बनेकी सपना मल्लले बुझेकी थिइन् । उनले सो रकम कामना सेवा विकास बैंक कोहलपुर शाखाको बैंक खातामा जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सो रकम पछि बाँडफाँड भएको प्रहरीको भनाइ छ । सर्जनको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि नेपाल बिमा कम्पनीले प्रहरीमा उजुरी दिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको टोलीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत सोमवार पक्राउ गरेको हो ।

त्यसपछि सञ्जीव,सरदार अहमद, टोपबहादुर,दिपक र ललितालाई कोहलपुरबाट अस्ति समातियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू