मुलकको विदेशनीतिमा विचलन आएको झलनाथ खनालको ठहर
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले निर्देशित गरेअनुसार विदेश नीतिमा सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभएको छ ।
पार्टीनिकट समाजवादी पत्रकार संगठनका प्रतिनिधिसँग आफ्नै निवास डल्लुमा कुरा गर्दै उहाँले संविधानको निर्देशक सिद्धान्तमा उल्लेखित विदेश नीतिका आधारलाई पूर्णरूपमा पालना गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राज्यको निर्देशक सिद्धान्तमा ‘देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतालाई कायम राखी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने दिशामा राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ’ भनिएको छ । खनालले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र अन्तरर्राष्ट्रिय कानुनको पालनाका साथै एक चीन नीति र नेपालको भूभाग विदेश राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषय नै नेपालको विदेश नीतिका आधार भएको स्पष्ट पार्नुभयो ।
सो क्रममा उहाँले पछिल्ला दिनमा राष्ट्र हितलाई सर्वोपरि राखी विदेशनीति सञ्चालन हुन नसकेकोमा चिन्तासमेत व्यक्त गर्नुभएको छ ।
टिप्पणीहरू