अमेरिकी सहायकमन्त्री टुप्लुक्क पुगेको कार्यक्रममा अरु को को ?

अमेरिकी सहायकमन्त्री टुप्लुक्क पुगेको कार्यक्रममा अरु को को ?

हिजो अपरान्ह काठमाडौं उत्रेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु विमानस्थलबाट एकाएक होटल हायात पुगे । तीन सदस्यीय अमेरिकी टोली बस्न बत्तिसपुतलीस्थित होटल द्वारिका तय गरिएको थियो । तर साढे ४ बजे विमानस्थलमा ओर्लेका अमेरिकी पाहुना २० मीनेटमा बौद्धस्थित हायात होटल पुगेका हुन् ।

५ बजे अमेरिकी दूतावासले व्यापार तथा लगानी सहजीकरण कार्यशाला गोष्ठी आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी उनै नयाँ दिल्लीबाट आउँदै गरेका सहायक मन्त्री लुलाई बनाइको थियो । प्रमुख अतिथि भएका कारण उनी सोझै हायात होटलको कार्यक्रमस्थल पुगेको बताइन्छ ।

उक्त कार्यक्रममा त्यसअघि नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललगायत झण्डै छ दर्जनको उपस्थिति भइसकेको थियो । दूतावासका कार्यवाहक राजदूत म्यानुअल पि. मिक्कलर भने सहायक मन्त्रीको स्वागतमा विमानस्थल गएकाले सँगै कार्यक्रमस्थल पुगेका हुन् ।

टिप्पणीहरू